ट्रेन्डिङ

चार हजार व्यक्तिको ई–सेवाबाट १ करोड रकम चोरी, २२ वर्षीय युवक पक्राउ

काठमाडौं । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा काठमाडौं प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो ।

उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई–सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बुढाले एसएमएस मार्फत द अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउने र उक्त लिंक खोलेपछि ई–सेवामा पहुँच पु¥याएर रकम चोरी गरेको पाइएको प्रहरीको भनाइ छ ।

लिंक पठाएपछि तपाईंको खाता सस्पेन्ड हुन लागेको चेतावनी दिँदै भेरिफाईको लिंक खोल्न लगाएर व्यक्तिका ई–सेवामा पुहुँच पु¥याएको आरोप छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै