वीरगन्ज ।पर्सा प्रहरीले धार्मिक सदभाव बिथोलेको आरोपमा पक्राउ गरेका चारैजनाको नाम सार्वजनिक गरेको छ ।
मंगलवार साँझ पक्राउ गरेका चारैजनाको नाम प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार वीरगन्जको छपकैयाबाट ३ जना र नगवाबाट एकजनालाइ पक्राउ गरिएको हो ।
प्रहरीको विशेष टोलीले शेख खुर्सेद, सलाउदिन मिया ठकुराइ, रवि सरार्फ, बल्जित सिंहलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका सबैजनालाइ जिल्ला प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा चारैजनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन ।