सिराहा । सिरहा प्रहरीली लागु औषध खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्दा एकजनालाइ खैरो हेरोइनसहित पक्राउ गरिएको जनाएको छ ।
लहान नगरपालिका–७ बाट खैरो हिरोइनसहित सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–९ का २९ वर्षीय अक्षय कुमार यादवलाइ प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार यादवको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।
प्रहरीले पक्राउ परेका यादवको साथबाट मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटी रिक्सा समेत बरामद गरेको छ । उनले उक्त लागुऔषध रिक्सा मार्फत लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य सम्भावित व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।