वीरगन्ज । वीरगन्जमा लगाइएको कर्फ्यू हटेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार राती १२ बजेसम्मका लागि जारी गरेको कर्फ्यू आदेश सोमवारदेखि भने हटाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगन्जको कर्फ्यू राती १२ बजेदेखि नै हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार हाललाइ कर्फ्यू हटाइएको छ, तर केही ठाउँमा निषेधाज्ञा भने लागू गरिएको छ ।
महानगरपालिको चार वटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सिडिओ अर्यालले जनाए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले हस्ताक्षर गरी जारेको गरेको विज्ञप्तिमा भनिएको छ, “स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।”
जिल्लामा शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासनले महानगरपालिका क्षेत्रका चारवटा मुख्य नाकामा निषेधाज्ञा जारी गरेको उनको भनाइ छ ।
निषेधाज्ञामा वीरगन्ज महानगरपालिकाभित्र पर्ने निम्न स्थानहरूमा कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन तथा भीडभाड गर्न नपाइने स्पष्ट भनिएको छ
जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै आदेशको उल्लंघन गर्नेहरूमाथि कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
वीरगन्जमा दुइ समुदायबिचको विवाद उग्ररुप लिएपछि प्रशासनले शनिवार साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।
तर आइतवार दिनभर जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिले विवाद साम्य भएपछि कर्फ्यू हटाइएको बताइन्छ ।
