वीरगन्ज । बजारमा सुनको मूल्य लगातार बढदै गइरहेको छ ।
शनिवारको तुलनामा आज सुनको मूल्यमा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बजारमा आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।
चाँदी तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।