ट्रेन्डिङ

वीरगन्जमा आइतवार राती १२ बजेसम्म कर्फ्यु रहने

वीरगन्जमा । वीरगन्जमा हिजोदेखि लगाइएको कर्फ्यु अझ १२ घन्टा थपिएको छ ।

दुइ समुदायबिच उत्पन्न विवाद उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ६ बजेदेखि आइतवार मध्याह्न १२ बजेसम्मको लागि कर्फ्यु लगाएको थियो ।

तर अवस्था अझ सामान्य नरहेको र सर्वदलीय बैठकमा कर्फ्युलाइ निरन्तरता राख्ने आएको सुझावलाइ मध्यनजर गरेर कर्फ्यु बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

उनका अनुसार अहिले सर्वपक्षीय बैठक चलिरहेको छ, यहाँबाट भएको सहमति अनुसार कर्फ्युको बारेमा निर्णय लिइनेछ ।

आइतवार राति १२ बजेसम्मको लागि कर्फ्युलाइ निरन्तरता दिइएको सिडिओ अर्यालले जनाए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै