काठमाडौं । सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।
यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो।