ट्रेन्डिङ

भन्सार छलीका २०० किलो कुखुरासहित रौतहटबाट दुइजना पक्राउ

रौतहट । रौतहट प्रहरीले आज भन्सार छली गरेर ल्याइएका कुखुरा बरामद गरेको छ ।

रौतहटको इनर्वा नगरपालिका वडा नम्बर -२ बाट प्रहरीले प्रतिबन्धित बोइलर कुखुरा बरामद गरेको रौतहट प्रहरीले जनाएको छ ।

देवाहीगोनाही नाका हुँदै नेपाल भित्र्याउन लागिएको करिब २०० किलो कुखुरा जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय देवानीगोनाहीबाट खटिएको प्रहरी टोलीले रौतहटको इशनाथ नगरपालिका वडा नम्बर- २ स्थित नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा कुखुरा बरामद गरेको हो।

भारतको नम्बर प्लेट BR30J1987 भएको मोटरसाइकलमा नेपाल ल्याइँदै गरेको उक्त कुखुरा बिक्रीका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले कुखुरा नियन्त्रणमा लिएर स्थानीय प्रशासन तथा पशु सेवा कार्यालयको समन्वयमा आवश्यक कारबाही अघि बढाइएको जनाएको छ।

पक्राउ परेका दुई जना अहिले प्रहरी हिरासतमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै