ट्रेन्डिङ

विभिन्न स्थानमा रातीदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ । देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।

साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो आज राति पनि जारी रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै