ट्रेन्डिङ

मधेस प्रदेशमा अझ बोक्सी प्रथा कायम छ : प्रधानमन्त्री ओली

वीरगन्ज । मधेस प्रदेशमा अहिले पनि बोक्सीसहित विभिन्न कुप्रथाले जडा गाडेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार मधेस सभाको २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन । उनका अनुुसार यो प्रदेशमा अझ पनि बोक्सीको समस्या धेरै छ ।

उनले भने, ‘यो एकदम नहुने, नचाहिने कुरा हो । यदि कोही बोक्सी छ भने म च्यालेन्ज गर्न चाहन्छु । मलाइ गाली गर्नुको साटो बोक्सी लगाए हुन्छ ।’

प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सीको कुरा हावादारी भएको सुनाएका छन् । त्यसकारण यो सबको पछाडि नलाग्न उनको आग्रह छ ।

प्रदेश सभाबाट प्रधानमन्त्री ओलीले मधेसमा बाल विवाह, दाइजो प्रथा जस्ता गलत प्रथा रहेकोले यो सबलाई हटाउन जरुरी रहेको उनको भनाइ छ ।

अब यसलाई रोक्न र निराकरण गर्नका लागि जनप्रतिनिधिहरुले नै जनस्तरमा जनचेतना जगाउन जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै