ट्रेन्डिङ

मधेस सभालाई सम्बोधन गर्न एक घण्टा ढिलो प्रधानमन्त्री ओली जकनपुरमा ‘ल्यान्ड’, प्रदेशसभाभित्र सुरक्षा व्यवस्था कडा

जनकपुर । मधेस प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् ।

विहान साढे ११ बजेदेखि सम्बोधनको कार्यक्रम रहेतापनि प्रधानमन्त्री ओली ढिला गरी जनकपुर विमानस्थलमा ‘ल्यान्ड’ गरेका छन् ।

हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली जनकपुर विमानस्थल आइपुगेको खेलकुद मन्त्री प्रमोद जैसवालले बताए ।

उनका अनुसार अहिले भर्खरै प्रधानमन्त्रीज्यू जनकपुर विमानस्थलमा आइपुग्नु भएको छ, अब यहाँबाठ सिधै प्रदेशसभामा जाने कार्यक्रम रहेको छ ।

सातैवटा प्रदेशमा प्रधानमन्त्री ओलीको सम्बोधनका कार्यक्रम छ । त्यही सिलसिलमा आज जनकपुरबाट सम्बोधनको कार्यक्रम तय छ ।

मधेस सभाबाट प्रधानमन्त्री ओलीको विशेष सम्बोधन रहेकोले प्रदेश सभाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदेश सभाको हलभित्र प्रवेश गर्दा तथा बाहिर व्यापक संख्यामा प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरीका प्रमुख लालमणि आचार्यले बताए ।

प्रदेश सभाभित्र प्रदेश सांसदबाहेक अरु कसैलाई छिर्ने अनुमति नभएको जनाइएको छ । प्रदेश सांसदहरुलाई जाँचमा कडाइँ गरिएको छ ।

प्रदेश सभा हलभित्र जाने सबै प्रदेश सांसदहरुलाई सूक्ष्म जाँच गरेर मात्र प्रवेश गर्न दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै