सिरहा । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार मधेस प्रदेशको सिरहा जिल्ला आउने भएका छन् ।
नेकपा एमालेको ११ औँ सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली यहाँ आउने कार्यतालिका तय भएको हो ।
सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनमा प्रमुख अतिथीको रुपमा सरिक हुन अध्यक्ष ओली आउने जनाइएको छ ।
अध्यक्ष ओली अधिवेशनका लागि आउने भएसँगै १७ वटै पालिकाबाट हजारौँको संख्यामा जनमास उतार्ने तयारी पूरा भएको बताइन्छ ।
अधिवेशन भव्य बनाउन तयारी तीव्र पारिएको छ । यद्यपी
जिल्ला अधिवेशनका लागि सबै प्रतिनिधि, पर्यवेक्षकको नामावली आइनसकेको नेकपा एमाले सिरहाले जनायो ।