लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन

जनकपुर । लामो समयपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश संसदीय दलको नेता चुनिएको छ ।

करिब १५ महिना पछाडि रिक्त रहेको पदमा लोसपाले आज संसदीय दलको नेता चयन गरेको हो ।

लोसपाको केन्द्रिय कार्यालयले प्रदेश सांसद जयनुल राइनलाई मधेस प्रदेशको ससदीय दलको नेतामा चयन गरेको जानकारी गराएको छ ।

लोसपाले प्रदेश सभामुखको कार्यालयलाइ एक पत्र लेख्दै प्रदेश सांसद राइनलाई दलको नेता चयन गरिएको औपचारिकरुपमा जानकारी गराएको छ ।

प्रदेश सांसद अभिराम शर्मालाई थमन विकको हत्यामा दोषी ठहर भएपछि लोसपा संसदीय दलका नेताको पद खाली भएको थियो ।

लामो रस्साकस्सीपछि केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले आज औपचारिकरुपमा पत्र लेखेर राइनलाई संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन ।
नेता राइनले आफूलाई पार्टी अध्यक्षबाट आजै जिम्मेवारी पाएको बताए । उनले भने, ‘करिब १५ महिनादेखि यो पद खाली थियो, आज पार्टी अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनु भएको छ । त्यही अनुसार म सभामुखको कार्यालयले जानकारी गराएको छु ।’

लोसपाले अर्को व्यवस्था नहुँदासम्म प्रदेश सभा सदस्य राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको आफ्‌नो पत्रमा लेखेको छ ।

तत्कालीन संसदीय दलका नेता शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेस प्रदे् सभाले उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै