ट्रेन्डिङ

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने राप्रपाले जनाएको छ ।

पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा बैठकमा छलफल हुने जनाइएको छ ।

तथापि जिल्ला प्रशासन कार्यालय काठमाडौँले २६ चैतमा भृकुटीमण्डपमा राप्रपालाई कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।

प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै