काठमाडौँ । लगातार सुनको मूल्य घटदै गइरहेको छ ।
नेपाली बजारमा आज फेरि सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतवार सुनको मूल्य घटेर कारोबार भएको हो ।
जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।