ट्रेन्डिङ

जनमत पार्टीले गर्यो आफ्नो उपाध्यक्षलाई निलम्बन, के हो गल्ती ?

काठमाण्डौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ।  पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह कारबाहीमा परेका हुन् ।

जनमत पार्टीले साहलाई कारबाहीस्वरुप ६ महिनाका लागि निलम्बन गरेको हो ।

अनुशासन समतिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर यसबारे जानकारी गराएका छन्।

पार्टी नीति विपरित गएको भन्दै साहलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो, तर स्पष्टीकरणको जवाफ नदिई सामाजकि सञ्जालमा पार्टी तथा अध्यक्षविरुद्ध लेखेको भन्दै नलिम्बन गरिएको जनाइएको छ ।

‘स्पष्टीकरण सोध्ने बित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ) सबै ऐन कानूनभन्दा माथि कुनै राजा/महाराज भएजस्तो आचरण देखाउनुभयो । फेसबुकसहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्षविरुद्ध लेख्न लगाउनुभयो । सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफैँलाई नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै शेयर गर्नुभयो’, उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ ।

पत्रमा आचरण नसुध्रे थप कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै