ट्रेन्डिङ

सञ्चार क्षेत्रका समस्या पहिचानका लागि मधेशमा समिति गठन, को-को छन् सदस्यमा ?

धनुषा । सञ्चार क्षेत्रका समस्या पहिचान गर्ने उद्देश्यले मधेश सरकारले समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सचिव उद्धव रिजालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले उक्त समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा आम सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका सदस्य कैलाश दास, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, टेलिभिजन प्रशारण संघ मधेश प्रदेशका विष्णु कुवँर छन्।

त्यसैगरी सञ्चारकर्मीहरु उपासना तिवारी, आशिक अंसारी, शंकर साह, ज्योति झा, पूरन साह र यमुना खनाल समेत सदस्य चुनिएका छन् ।

बैठकले आवश्यकता अनुसार समितिको बैठक बसेर परिमार्जन गर्दै जाने र सरोकारवालाहरुलाई आमन्त्रण गरि परामर्श लिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै