काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्यमा भारी गिरावट आएको छ ।
आज एकैदिन सुनको मूल्य करिब चार हजारले घटेको छ ।
बिहीवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार भने घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८७० रुपैयाँ कायम भएको हो ।