ट्रेन्डिङ

बिम्स्टेक शिखर सम्मेलन सुरु, नेपालले आज सम्बोधन गर्ने

बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन थाइल्याण्डको बैङ्ककमा सुरु भएको छ।

बैङ्ककस्थित होटल साङ्ग्रिलामा सदस्य राष्ट्रका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन तथा कार्यसूची प्रस्तुत गरेसँगै सम्मेलनको औपचारिक सुरुआत भएको हो।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई स्वागत गरेका छन्।

आजै सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शिखर सम्मेलनको क्रममा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। त्यसपछि सदस्य राष्ट्रहरू—थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका सरकार प्रमुखहरूले आफ्नो धारणा व्यक्त गर्नेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै