ट्रेन्डिङ

रौतहटमा ५० वर्षीय महिलाको शव गाडेको अवस्थामा फेला

वीरगन्ज । रौतहटमा एकजना ५० वर्षीय महिलाको शव फेला परेको छ ।

रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थितको जंगलमा एकजना महिलाको शव फेला परेको हो ।

नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।

उनका अनुसार महिलाको अहिले सनाखत गर्ने काम भइरहेको छ ।

उनी हराएकी करिब एक सातापछि ती महिलाको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

बरामद महिलाको शव सनाखत भइसकेको र अन्य अनुसन्धान सुरु गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

शवको सनाखत भइसकेता पनि उनको विवरण भने प्रहरीले अहिले गोप्य राखेको जनाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै