ट्रेन्डिङ

साढे १६ किलो लागुऔषध गाँजासहित एकजना ज्येष्ठ नागरिक सर्लाहीबाट पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागुऔषध गाँजासहित एकजना ज्येष्ठ नागरिकलाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको छापामारीबाट प्रहरीले लागुऔषध गाँजासहित एकजना ज्येष्ठ नागरिकलाइ पक्राउ गरेको हो ।

प्रहरीले बागमती नगरपालिका–१२, बथाने टोलबाट लागुऔषध गाँजासहित ७६ वर्षीय मानबहादुर बललाई पक्राउ गरेको जनाएको छ।

घरमै गाँजा लुकाएर राखी बिक्री वितरण गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले बलको घर खानतलासी गर्दा लुकाइ राखिएको १६ किलो ५०० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका बललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखी थप  अनुसन्धान सुरु गरिएको सर्लाहीका सूचना अधिकारी सरोज राईले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै