ट्रेन्डिङ

जापानमा ६ म्याग्निच्युडको भुकम्प

जापान । बुधबार साँझ जापानमा भुकम्प गएको छ । म्यानमार र थाइल्याण्डपछि जापानमा भूकम्पका गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार क्युशुमा गएको भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।

मंगलबार राति पनि जापानको क्युशु टापुमा पनि भूकम्प गएको थियो । यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो।  भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन।

हालै म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दुवै देशमा धेरै क्षति पुर्‍यायो। म्यानमारमा मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्।

थाइल्याण्डको बैंककमा ३० तले भवन भत्किँदा भग्नावशेषमुनि १० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै