काठमाण्डौँ । पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ ।
शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको हो । मृतक पत्रकार रजकको त्रिवि शिक्षण अस्पतालमा एक्स-रे गरिएको हो ।
एक्सरेमा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स-रे गर्नुपर्ने अडान राखेका थिए ।
गत शुक्रबार तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् ।
शबको पोस्टमार्टम भने बुधवार हुने भएको छ ।