ट्रेन्डिङ

सुनको भाउमा नयाँ रेकर्ड, आज १ लाख ७७ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले वृद्धि भएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० बढेर दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, अकासिँदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको महासङ्घको ठम्याइ छ ।

गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य आइतबार पनि बढेको थियो । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै