काठमाण्डौँ । तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा हालसम्म १११ जनालाई पक्राउ परेका छन् ।
शुक्रबार अर्थात् सोही दिन १०५ जना पक्राउ परेकामा शनिबार थप ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन् ।
यस्तै वृत्त बानेश्वरमा २५ जना, बृत्त गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्त बालाजुमा १ जना र बृत्त सिंहदरबारमा २ जना रहेका छन् ।
उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।