ट्याक्टर दुर्घटनामा पर्साका एक युवकको मृत्यु

पर्सा । ट्याक्टर दुर्घटनामा परी पर्साका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ हरपुर बस्ने १९ वर्षका सद्दाम हुसेन छन् ।

शनिबार बिहान हेटौँडा-१९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट हेल्थपोष्टतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको थियो ।

बा.प्र.२-०३-००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर अनियन्त्रित भई लोड बोकेको ट्याक्टरको अगाडीको ईन्जिनको भाग उठी अचानक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरले च्यापिएर चालक हुसेनको घटनास्थलमा मृत्य भएको प्रहरीको भनाइ छ ।

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै