ट्रेन्डिङ

एसईई परीक्षा आजदेखि सकियो

वीरगन्ज । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सकिएको छ ।

चैत ७ गतेदेखि सुरु भएको परीक्षा शुक्रबारबाट सम्पन्न भएको हो ।

एसईई परीक्षामा पर्सा जिल्लाबाट यो वर्ष करिब १० हजार परीक्षार्थी सहभागी छन ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।

न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ ।

सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै