ट्रेन्डिङ

वीरगन्जमा मस्तिष्कघातसम्बन्धी दुई दिने मास्टर क्लास सुरु

वीरगन्ज । वीरगन्जमा आजदेखि मस्तिष्कघात (ब्रेन स्ट्रोक) को उपचार र विधिका बारेमा जानकारी दिने दुई दिने मास्टर क्लास सुरु भएको छ।

नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगन्ज , नेपाल स्टोक एसोसिएसन र नेपाल स्टोक प्रोजेक्टको संयुक्त आयोजनामा चैत्र १५ र १६ गते उक्त कार्यक्रम सञ्चालन भइरहेको छ।

नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालका अनुसार मस्तिष्कघातका कारण बिरामीहरू आक्रान्त भइरहेकाले समयमै उपचार सुनिश्चित गर्न तथा ज्ञान, सीप र स्रोतसाधन अभावका कारण हुने मृत्यु तथा पक्षघात न्यूनीकरण गर्न मास्टर क्लास आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल मस्तिष्कघात एसोसियसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा, कार्यकारी सदस्य डा. पंकज जालान, ग्राण्डी इन्टरनेशनल अस्पतालका इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सुभाष फुयाल लगायत नेपाल मेडिसिटी अस्पतालका विभागीय प्रमुख डा. बाबुराम पोख्रेल, नेशनल मेडिकल कलेजका न्यूरोसर्जन डा. सफ्रोज अन्सारी, नेपाल मेडिसिटी बयोधा अस्पतालका न्यूरोलोजिष्ट डा. विधान ज्ञवाली, रेडियोलोजिष्ट डा. प्रदीप कुमार शाह तथा अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको छ।

पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका क्षेत्रका चिकित्सक, नर्स तथा पारामेडिक्सहरूको समेत सहभागिता रहेको यस कार्यक्रममा वीरगन्जमै मस्तिष्कघातको सम्पूर्ण उपचारको सम्भावना र सुधारका उपायहरूबारे छलफल हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै