ट्रेन्डिङ

ठाकुरराम  :  सभापतिमा राजकुमार यादव फराकिलो मतले अगाडि बढ्दै, मण्डल भन्दा २३५ मतले यादव अगाडि

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।

बिहीवार बिहानसम्मको ताजा मतपरिणाम सार्वजनिक भएको हो ।

निर्वाचन समितिको कार्यालय अनुसार अहिलेसम्म २६८२ मतपत्र गणना गरिएको छ ।

जसमध्ये सभापतिमा राजकुमार यादवले ६८१ मत प्राप्त गरेका छन ।

अर्थात् बुधवार दिउँसोदेखि सुरु गरिएको मतगणनामा नेपाल विधार्थी समुहका राजकुमार यादवको अग्रता कायमै देखिएको छ ।

त्यसपछि दोस्रो स्थानमा बिकास मण्डल छन । उनले अहिलेसम्म कुल ४४६ मत प्राप्त गरेको निर्वाचन कार्यालय बताउँछ ।

चारवटा मतगणना केन्द्रमा अहिलेसम्म मतपत्र गन्ने काम भने जारी नै रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै