वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरेर अहिले सुरु भएको छ ।
बुधबार दिउँसोदेखि क्याम्पसको मतगणना सुरु भएको हो । बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघसंस्थासहितको प्रतिनिधि राखेर मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय भएको विभिन्न दल एवम् विद्यार्थी नेताहरुबिच भएको सहमति बमोजिम नै प्रतिनिधिहरु राखेर मतगणना सुरु गरिएको हो ।
सिल नम्बर मेल नखाएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको थियो । रोकिएको ठीक ७ दिन पश्चात बुधबार करिब पौने तीन बजेदेखि मतपत्र गणनाको कार्य अगाडि बढेको हो ।
मतगणना स्थगनको सूचना जारी गर्दाको बखत करिब १६ मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘तर एड्जेक्ट कति गणना भएको हो त्यो एकछिन जानकारी हुनेछ,’ निर्वाचन समितिले भन्यो । स्ववियु सभापति तथा पदाधिकारी एव्म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो ।
उक्त दिन क्याम्पसमा कुल विद्यार्थीको ४० प्रतिशत अर्थात् ४३०६ जनाले मतदान गरेका थिए ।