ट्रेन्डिङ

चैत २३ गते गहवामाई मन्दिरको डोली यात्रा

वीरगन्ज । यहि चैत २३ गते वीरगन्जको गहवामाई मन्दिरको दोस्रो डोली यात्रा निकालिने भएको छ ।

चैते दशैँको अवसरमा मन्दिरको डोली यात्रा निकालिने जनाइएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै माईस्थान सञ्चालक समितिले यसबारे बताएको हो ।

गहवामाई मन्दिरका अध्यक्ष नरेन्द्र कुमार साहले चैते दशैँको अवसर पारेर अष्टमीको दिन निशान सहितको डोली यात्रा आयोजना गरिने जनाए ।

उनका अनुसार दिउँसो ४ बजे गहवामाई मन्दिरको प्राङ्गणबाट निकालिने डोली यात्रा  दुई नम्बर रोड हुँदै रोड विर्ता मन्दिर, अलखिया मठ, महावीर मन्दिर, माईस्थान चोक हुदै पुनः गहवा माई मन्दिर प्राङ्गणमा पुगेर समापन हुनेछ।

डोली यात्रा सुरु हुनुअघि दिउँसो २ बजे डोली तथा निशानको विशेष पूजा गरिने उनको भनाई छ । यस्तै यात्रापश्चात साझँ साढे ६ बजे मन्दिरमा आरती गरिने कार्यतालिका छ ।

गत वर्षको प्रथम डोली यात्राको सफलतापछि यसवर्ष पनि भव्य रूपमा दोस्रो डोली यात्रा आयोजना गर्न लागिएको हो ।

डोली यात्रामा गत वर्षझैं यसवर्ष पनि उल्लेख्य भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै