मधेश सभाको गतिरोध हटाउन दलहरुबिच जुटेन सहमति, आजको सदनको बैठक स्थगित

वीरगन्ज।मधेश प्रदेशसभामा आज बस्ने भनिएको सदन स्थगन भएको छ ।

प्रदेशसभामा देखिएको विवाद सुल्झाउन सभामुखको कार्यालयले आज सत्ता पक्ष तथा विपक्षी दलका नेताहरुलाइ राखेर छलफल गरेका थिए ।

तर उक्त छलफलमा सहमति हुन नसकेपछि आज बोलाइएको सदनको बैठक स्थगन गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।

सभामुख मण्डलको उपस्थितिमा प्रदेशसभा सचिवालयमा सत्तापक्ष र विपक्षी दलहरुबीच छलफल सुरु गरिएको थियो ।

आइतबार सदनको बैठकमा विपक्षी दलहरुले विभिन्न विषयमा छानबीन गर्नको लागि छानविन समिति गठनको माग गर्दै सदनको बैठक अवरोध गरेका थिए ।

सदनभित्रको यही किचलो सुल्झाउनको लागि बैठक सुरु हुनु अगावै सत्तापक्ष र विपक्षी दलहरुबीच छलफल गराउने हेतुले बैठक डाकिएको थियो ।

तर सहमति हुन नसकेपछि आज हुने भनिएको सदनको बैठक स्थगन गरिएको सभामुखको सचिवालयले जनाएको छ

मंगलबार बोलाइएको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंह, नेकपा एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने, माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, लोसपाकी सांसद एवं शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीसहितको उपस्थिति थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै