ट्रेन्डिङ

एसईई परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै कर्जन्हा परीक्षा केन्द्रका निरीक्षक निष्कासित

सिरहा । सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको भन्दै निष्कासन गरिएको हो ।

विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निष्कासन गरिएको हो ।

निरीक्षक लामा आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटिएकोले तत्काल उनलाइ निष्कासन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीले जनाए ।

उनका अनुसार परीक्षामा परीक्षार्थीलाई गेसपेपर, मोबाइल छिराएर चिट चोराउन सहयोग गरेकोले उनलाइ निष्कासन गरिएको हो ।

सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्।

सिरहामा ५० वटा परीक्षा केन्द्र रहेको छ। परीक्षामा १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै