वीरगन्ज । नेपाली नयाँ वर्षका अवसरमा वीरगन्जमा ‘रात्रि बजार’ सञ्चालन हुने भएको छ ।
महानगरको आयोजनामा चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।
वीरगन्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जनाइएको छ ।
‘यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा छ ’ महानगरले भन्यो।
यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ ।
रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुडालगायत सरसामानका स्टल राखिने छन् ।