ट्रेन्डिङ

एक हप्तामा तलब नपाए सबैलाइ टुकुचामा गाड्दिन्छु : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई चेतावनी दिएका छन् । सोमबार राति फेसबुकमा एउटा स्ट्याटस पोस्ट गर्दै साहले यस्तो चेतावनी दिएका हुन् ।

सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’’

यसअघि पनि शाहले सिंहदरबारलाई आगो लगाइदिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै