ट्रेन्डिङ

ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना अझै भएन सुरु, निर्वाचन समितिको गतिविधि शंकास्पद

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना अझै सुरु गरिएको छैन ।

मतदान भएको १२ घण्टा भन्दा बढी भइसक्दा पनि मतगणना अझै सुरु गरिएको छैन ।

मतदान सकिए लगत्तै मतगणनाको घोषणा गरेका निर्वाचन समितिको कार्यालयले आफै दुइपटक मतगणनाको समय तोक्दा पनि उक्त समयभित्र मत गन्न सकेको छैन ।

मंगलबार (हिजो) राती १० बजेदेखि मतगणना हुने भनिएपनि मध्यरातमा त्यो रद्द गरेर बुधबार विहान १० बजेदेखि गणना गरिने अर्को सूचना निकालिएको थियो ।

तर बुधबार १ बजिसक्दा पनि मतगणनाको कार्य अझै सुरु गरिएको छैन । निर्वाचन समितिले मतगणना सुरु गर्न आलटाल गरिरहेको विद्यार्थी नेताहरु आरोपसमेत लगाउन थालेका छन् ।

मतगणना स्थलमा बस्न विद्यार्थी संगठनहरुबाट पठाइएका प्रतिनिधिका बारेमा अनेक झमेला निकाल्दै मत गन्न आलटाल गर्न थालेपछि विद्यार्थी नेताहरुले क्याम्पस गेट अगाडि प्रदर्शनसमेत गरेका छन् । जसका कारण केही तनावसमेत अवस्था तनावग्रस्त समेत बनेको थियो ।

मतगणनाको सुरसार नै नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको तटस्थतामाथि प्रश्न खडा भएको छ । तरपनि निर्वाचन समितिको कार्यालयले यी सबै प्रश्न

प्रमुख निर्वाचन अधिकृत सिंहले भने मतगणना सुरु गराउनका लागि आँफुहरु लागिपरेको बताए । मतगणनामा बस्ने प्रतिनिधिहरुको नामावली नआएको कारणले समस्या आएको उनको दाबी छ

मतगणना स्थल क्याम्पस परिसरमा सञ्चारकर्मीको प्रवेशमा रोक लगाइएको छ । किन लगाइएको हो ? भन्ने सोधिएको प्रश्नमा उनी भन्छन्,’पत्रकारहरुकै कारण मंगलबार मतदानका बेला अनेक लफडाहरु भए, त्यसैले मतगणना स्थल क्याम्पस परिसरमा पत्रकारहरुलाई रोक लगाउनु परेको हो ।

ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार ३ सय ६ मत खसेको थियो।

ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट र स्वतन्त्र समूहबाट गरि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।

प्रत्यक्षतर्फ सभापति,सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरि कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै