ट्रेन्डिङ

राजावादी सक्रीयता बढेसँगै माधव नेपालको पार्टीले गर्‍यो सङ्घर्षको निर्णय

काठमाडौं । माधव  कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

राजावादीहरुको सक्रीयता बढेसँगै एकीकृत समाजवादीले यस्तो निर्णय गरेको हो ।

केन्द्रीय कार्यालयमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको संयुक्त बैठकले परिवर्तनका पक्षमा क्रियाशील सबै दललाई एकतावद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा तथा निरङ्कुशताविरुद्ध अगाडि बढ्न निर्णय गरेको जनाइएको छ ।

पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँले बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको, गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्न समाजवादी गणतन्त्र कायम गर्न सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार बैठकमा गणतन्त्रको रक्षाका लागि आगामी चैत १ गते पार्टीले सबै जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने र त्यस कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो ।

बैठकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालनका कार्ययोजना तथा भावी आन्दोलनका कार्यक्रम घोषणा गरी त्यसलाई प्रभावकारी बनाउनेबारे छलफल र चैत १ गते पत्रकार सम्मेलनमार्फत पार्टीको कार्ययोजनाबारे जानकारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै