ट्रेन्डिङ

सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित हाइवे होटलमा प्रहरीको छापा, खैरो हिरोइनसहित दुइजना पक्राउ

सिरहा । सिरहा प्रहरीले होटलबाट लागु औषध बेचबिखन गरिरहेका दुइजनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका सञ्चालित हाइवे होटलबाट लागु औषध बेचबिखन गरिरहेका दुइजनालाई पक्राउ गरेको हो ।

हाइवे होटलबाट प्रहरीले सिरहा औरही गाउँपालिका वडा नम्बर–२ घरकी नगिरा खातुन र गोलबजार नगरपालिका वडा नम्बर–७ बस्ने राजन जयसवाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नगिरा खातुनले सञ्चालन गरेको होटलमा खानतलासी गर्दा कालो प्लाष्टिकबाट ६७० मिलिग्राम खैरो हिरोइन बरामद भयो ।

त्यसपछि होटल अगाडि शंकास्पद एकजनालाई जाँच गर्दा उनको साथबाट ४० ग्राम खैरो हिरोइन बरामद भएको सिरहा प्रहरी प्रवक्त बिरेन्द्र पासवानले बताए ।

होटलभित्र र बाहिर खैरो हिरोइन बरामद भएपछि सञ्चालकसहित जयसवाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता पासवान भन्छन्, ‘हामीले होटलबाट लागु औषध बिक्री भइरहेको सूचना आयो, त्यसपछि सोही सूचनाबमोजिम हामीले छापामारी ग¥यौं । छापामारी गर्दा होटलभित्र र बाहिरबाट प्रहरीले खैरो हिरोइन बरामद गरेको हो ।’

बरामद खैरो हिरोइनसहित दुबैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनामाथि अदालतबाट लागु औषध मुद्दामा अदालतबाट ५ दिनको म्याद थप भइ आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै