ट्रेन्डिङ

रुस युक्रेन युद्ध : ३० दिने युद्धविराम प्रस्ताव मान्न युक्रेन सहमत

काठमाण्डौँ । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न सहमत भएको छ । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको हो । 

वाशिंटन समेत युक्रेनलाई खुफिया जानकारी दिन र सुरक्षा सहायतामाथिको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ । जुन तत्काल बहाल गर्ने बताइँदैछ । तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘बल रुसको कोर्ट’मा भएका कारण यस प्रस्तावलाई मस्कोसम्म लैजाने बताएका छन् । रुबियोले यो प्रस्ताव पूर्ण युद्धविरामका लागि भएको र जुन गोलीबारी रोक्नका लागि भएको उल्लेख गरेका छन् । 

यसैसन्दर्भमा पल एडम्सले लेखेका छन्, ‘अब यस्तो लागिरहेको छ कि सार्वजनिक रुपमा रुसको मनसाय पर्खिनु पर्ने समय आइसक्यो ।’

यो विषय साउदी अरेबियामा अमेरिकी र युक्रेनी टोलीबीच भएको वार्तापछि बाहिर आएको हो । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै