ट्रेन्डिङ

होली पर्व लक्षित सप्तरी प्रहरीको सुरक्षा योजना : जिल्लाभर ५२३ जना प्रहरी खटाइने, राजविराजमा ड्रोनबाट निगरानी

धनुषा । नजिकिदैँ गरेको होली (फागू पूर्णिमा) लक्षित गर्दै सप्तरी प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्वलाई लक्षित गरी मंगलबार सुरक्षा योजना सार्वजनिक गरेको हो । जसअनुसार होली पर्वलाई मर्यादित बनाउन जिल्लाभर ५२३ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।

प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले विभिन्न ११ प्रकारका ड्युटीमा ती सङख्याका प्रहरीलाइ परिचालित गरिने योजना रहेको बताए ।

उनका अनुसार यसका लागि रिजर्भ टोली, गाडी मोबाइल, पिकेट ड्युटी, पैदल गस्ती, चेकिङ टोली, आकस्मिक चेकिङ, क्यूआरटी टोली खटाइनेछ । राजविराजमा भने सुरक्षा निगरानीका लागि ड्रोनको समेत प्रयोग गरिने उनको भनाइ छ ।

सिमानाकाका प्रहरी इकाइहरुले भारतीय प्रहरीसँग समन्वय गरी गैरकानुनी गतिविधि नियन्त्रण र रोकथाम गर्ने, जबरजस्ती रंग लगाउने, लोला हान्ने, मापसे गरी होहल्ला गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै