ट्रेन्डिङ

होली पर्वलाई लक्षित गर्दै पर्साका सिडिओ अर्यालले भने– यो वर्ष मर्यादित तरिकाले तपाइहरु होली पर्व मनाउनु होला, कानुनविपरीत मनाएमा कारबाही गरिनेछ

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मर्यादित तरिकाले होली पर्व मनाउन सर्वसाधारणमा अपील गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले यस्तो आग्रह गरेको हो ।

होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग लगाउने, जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृङ्खल व्यवहार गर्ने कानुनविपरीत रहेको सिडिओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमार्फत सिडिओ अर्यालले भनेका छन्, ‘सामाजिक र सांस्कृतिक मर्यादाविपरीत यस्ता कार्य नगर्नु, नगराउनु अनुरोध छ, मर्यादित होली पर्व मनाउनु होला । यदि कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।’

यसको साथै सर्वसाधारणलाई असर पर्ने चर्को आवाजमा डिजे नबजाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यसले सर्वसधाधारणको दैनिकी प्रभावित हुने भएकाले त्यस्ता गतिविधि नगर्न जारी विज्ञप्तिमार्फत अपील गरिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै