ट्रेन्डिङ

मर्यादित रुपले होली खेल्न पर्सा प्रहरीको १४ बुँदे अनुरोध, नियम नमान्नेलाई कारबाहीको चेतावनी

वीरगन्ज । पर्सा प्रहरीले सुरक्षित तथा मर्यादित रुपले होली खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार सूचनामार्फत १४ बुँदे अनुरोध गरेको हो ।

प्रहरी प्रमुख एसपी गैतम मिश्रले आत्मियजनसँग मात्र होली खेल्न तथा अपरिचितहरुको समूहमा होली नखेल्न अनुरोध गरे । यसैगरी उनले होलीको नाममा कुनै प्रकारका उश्रृङ्खल गतिविधि नगर्न तथा धार्मिक एवम् साम्प्रदायीक सद्भावमा खलल पुर्याउने खालका क्रियाकलाप नगर्न अपील गरेका छन् ।

यस्तै कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नछ्याप्न/नलगाउन आग्रह गरिएको छ । छाला तथा आँखामा असर गर्ने केमिकलयुक्त रंग प्रयोग नगर्न, महंगा गरगहना लगाएर होली नखेल्न तथा अपरिचित मानिसले दिएको खानेकुरा नखान प्रहरीको अनुरोध छ ।

त्यसैगरी ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा लागू पदार्थको गरि सवारी नचलाउन, अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिकलाई दुर्व्यवहार नगर्न, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न प्रहरीको अपील छ ।

भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा जस्ता घटनाहरु हुने सम्भावना हुने भएकाले सावधान रहन पर्सा प्रहरीको आग्रह छ ।  प्रहरीले कुनै आपराधिक हुन लागेको वा भएको थाहा भएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा पर्सा प्रहरीको नियन्त्रण कक्ष १००/९८५५०२८२८५/९८५५०९०१३६/९८५५०२८२८७ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रहरीको नियम विपरित जानेलाई कानुनी दायरामा ल्याउने चेतावनी समेत सूचनामार्फत प्रहरीले दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै