काठमाडौं । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
शनिबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।
आइतबार चाँदीको मूल्य मात्र १०० रुपैयाँ वृद्धि भएको छ ।
यस्तै शुक्रबार भने चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो ।