काठमाण्डौँ । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।
आइतबारदेखि सुरु हुने प्रतियोगिताका लागि मधेशले अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा पवन सर्राफ, मयन यादव, हरिशंकर साह, विशाल पटेल, सन्नी साह, कमल गुप्ता, निखिल सिंह, रोहन बिकलगायत खेलाडीहरू छन् ।
त्यस्तै प्रशिक्षकमा सुनिल शाह, सहायक प्रशिक्षकमा शिव तण्डुकार र व्यवस्थापकमा दिपेन्द्र यादव छन् ।
पीएम कप यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदैछ ।