वीरगन्ज । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभियान कार्यक्रम स्थगित भएको छ ।
विशेष स्रोतका अनुसार अर्को सूचना नहुञ्जेलसम्मका लागि पर्सा र बाराको जागरण अभियान कार्यक्रम स्थगित गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को जनतासँग माओवादी तराई–मधेस जागरण अभियान झापाबाट सुरु भएको थियो ।
हुलाकी राजमार्ग केन्द्रित भइ फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान शनिबारदेखि स्थगित भएको स्रोतको दाबी छ ।
रौतहटको माधवनारायण नगरपालिकादेखि रद्द भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले बताए ।
उनका अनुसार विशेष कारण माओवादी केन्द्रको जागरण अभियान पर्सा र बाराको रोक्नु परेको छ ।
यही फागुन २५ र २६ गते बारा र पर्सामा कार्यक्रम तय थियो । कार्यक्रम खचानक किन स्थगित भएको हो ? त्यसबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
तर जानकारका अनुसार देशको राजनीतिक परिस्थितिका कारण माओवादी केन्द्रको कार्यक्रम स्थगित भएको हो ।
माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरू काठमाडौं जानुपर्ने भएकोले अभियान हाललाई स्थगित गरिएको छ ।