रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे ।
नवप्रवेशी तेली माधव नारायण नगरपालिकामा स्थापित नेता हुन् । गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रोपटक निर्वाचित भए ।
नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताए ।