ट्रेन्डिङ

महोत्तरीमा आज विहान बस दुर्घटना, १५ जना घाइते

महोत्तरी । महोत्तरीमा आज विहान यात्रुबाहक बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

महोत्तरी प्रहरीका अनुसार हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बाहक बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

बस पल्टेर दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण र घटनाबारे अन्य विस्तृत जानकारी लिने काम भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै