ट्रेन्डिङ

चार लाख १३ हजार मूल्यका घरेलु मदिरा नष्ट

बारा । बारा प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट पारेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाका फरकफरक स्थानहरुमा मदिरा भट्टी नष्ट पारेको हो ।

प्रहरीले चार लाख १३ हजार मूल्य बराबरका घरेलु मदिरा नष्ट पारेको जनाएको छ ।

प्रहरीले चलाएको जाँच अभियनका ७ वटा अबैध मदिरा भट्ठी नष्ट पारेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए । उनका अनुसार प्रहरीले ५८ सय लिटर कच्चा पदार्थसमेत नष्ट गरेको छ ।

प्रहरीले आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ५ टेढाकट्टी, महागढीमाई नगरपालिका वडा नम्बर ३ र १०, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ र १५ तथा जीतपुरसिमरा-१७ र १८ मा मदिरा भट्टी नष्ट पारेको जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै