वीरगन्ज । बारा प्रहरीले १७० ग्राम लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमराबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमरा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयूक्त प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाएको छ ।
राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर प्रहरीले लागू औषधसहित उनीहरुलाइ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए ।
पक्राउ पर्नेहरुमा भारत विहार राज्य मोफासिल सिवाना जिल्ला थाना सिवाना चनौर ग्राम पञ्चायत वडा नम्बर १४ बस्ने ३५ वर्षका गौतम कुशवाहा, रामगढवा थाना सिंहसिनी ग्राम पञ्चायत-७ बस्ने ३० वर्षका रन्जन कुमार सिंह र वडा नम्बर १० बस्ने ४० को संजिव कुमार राम रहेका छन् ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय बाराले जनायो ।