ट्रेन्डिङ

सप्तरीको सप्तकोशीमा बाघको आक्रमणबाट तीन जना घाइते

सप्तरी । सप्तरीमा बाघको आक्रमणबाट ३ जना घाइते भएका छन् । सोमबार बिहान सप्तकोशी नगरपालिकाको वडा नम्बर १ खोरिया टोलमा बाघको आक्रमणबाट ३ जना घाइतेे भएका हुन् ।

बाघको आक्रमणबाट स्थानीय  ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट र रिजना गोसाई घाईते भएक हुन् ।

घाइते खत्रीको स्थानीय फत्तेपुर मोडल हस्पिटलमा उपचार भइरहेको छ । भने गम्भीर घाइते रहेका बिष्ट र गोसाईलाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले गाउँको नजिकै रहेको वनबाट बाघ आएको हुन सक्ने बताए । उनका अनुसार अहिले नेपाल प्रहरी र कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको नेपाली सेनाको टोलिले बाघ धपाउने काम भईरहेको छ ।

बाघ स्थानीय एक फर्निचर कारखानामा पसेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै